back
NMB ad

एक महिनामै २३.१९ प्रतिशतले बढ्यो चाँदीको गहना निर्यात, १९ करोडबढीको बाहिरिँदा कुन देशमा कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा नेपालबाट १९ करोड १३ लाख ७८ हजार रुपैयाँ बराबरका चाँदीका गहना निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैतमसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

एक महिनामै २३.१९ प्रतिशतले चाँदीको गहना निर्यात बढेको हो । चालु आवको फागुनमसान्तसम्म १५ करोड ५३ लाख ५० हजार रुपैयाँ बराबरको गहना निर्यात भएको विभागले जनाएको छ ।

विदेशीमा बन्न नसक्ने नेपाली मौलिक गर–गहना नेपालबाट निर्यात हुने गरेको छ । अहिले नेपालबाट विश्वका विभिन्न एक दर्जनभन्दा बढी मुलुकहरुमा चाँदीका गहना निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ ।

तथ्याङ्क अनुसार अमेरिका, अष्ट्रेलिया, जापान, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, हङकङ, नेदरल्याण्ड पोर्चुगल, सिंगापुर, स्वीटजरल्याण्ड, ताइवान लगायतका देशहरुमा निर्यात हुने गरेको छ ।

विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ । विशेषगरि ति देशहरुमा नेपाली मौलिक गरगहनाको निर्यात भएको हो ।

नेपालबाट सबैभन्दा बढी अमेरिका निर्यात भएको छ । चैतमसान्तसम्म अमेरिकामा १२ करोड २३ लाख ७३ हजार रुपैयाँ बराबरका चाँदीका गहना निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै,अष्ट्रेलियमा १ करोड ३४ लाख ५२ हजार, जापानमा १ करोड २६ लाख ८५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।फ्रान्समा ८१ लाख ७७ हजार, नेदरल्याण्डमा ७६ लाख ५४ हजार, जर्मनीमा ५७ लाख ८७ हजार, स्वीटजरल्याण्डमा ४३ लाख ८० हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको छ ।

विभागको तथ्याङ्क अनुसार बेलालयतमा २३ लाख ४ हजार, रसियनमा २३ लाख १ हजार, ताइवान चीन प्रान्तमा १३ लाख ४५ हजार, क्यानडामा १२ लाख ६५ हजार, पोर्चुगलमा ४ लाख ८५ हजार, बेल्जियम २ लाख ७० हजार, इटलीमा १ लाख २९ हजार, हङ्कङ १ लाख १७ हजार, सिंगापुरमा १ लाख रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ वैशाख १६ बिहीवार १७:५५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...