हिमालय जनरल इन्स्योरेन्सले तय गर्यो साधारणसभाको मिति, बुक क्लोज कहिले ?

काठमाडौं । हिमालय जनरल इन्स्योरेन्सले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।

कम्पनीले जेष्ठ २८ गते २७औँ वार्षिक साधारण सभा गर्ने भएको हो । भर्चुअल माध्यममा सम्पन्न हुने सभा प्रयोजनका लागि कम्पनीले जेष्ठ २८ गते बुक क्लोज गर्ने भएको छ ।

सभामा कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४८ हजार ७ सय रुपैया बोनस सेयर जारी गर्ने छ ।सोही अनुसार प्रवन्ध र नियमालीमा संशोधन गर्ने सुचनामा उल्लेख छ ।

त्यस्तै, सभाले नियमालीको साविक व्यवस्थामा गणपूरक संख्या १५(ङ) संशोधन गर्ने, साथै कम्पनीले कुनै कम्पनीलाई प्राप्ति वा एक आपसमा गाभिने प्रक्रियाको लागि उपयुक्त कम्पनी पहिचान र छनौट गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

२०७८ वैशाख १९ गते १२:०७ मा प्रकाशित

You can share this post!

बैशाख ३१ गते हुने भनिएको बेष्ट फाइनान्सको साधारणसभा स्थगन

बैशाख ३१ गते हुने भनिएको बेष्ट फाइनान्सको साधारणसभा स्थगन

Related posts