काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि.को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा उपासना पौैडेल नियुक्त हुनुभएको छ । आगाी चार वर्षका लागि पौडेललाई सिईओमा नियुक्ति गरिएको हो ।
पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुनुभएको छ । अर्कोतर्फ हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा सिइओ बन्न सफल हुनुभएको हो ।
विगत एक दशकभन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको एफएमएस बाट एम.बि.ए सम्मको अध्ययन पुरा गरि भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गर्नु भएको हो ।
उहाँ यूनाइटेड इन्स्योरेन्समा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आउनुभएको थियो । उहाँको कार्य सम्पादनप्रति सन्तुष्ट कम्पनीले उहाँलाई सिईओमा नियुक्त गरेको बताइएको छ ।
वि.सं.२०७८ वैशाख १९ आइतवार १६:०४ मा प्रकाशित