back
NMB ad

१२८.४६ प्रतिशतले बीमा शुल्क आर्जन वृद्धि गरेको रिलायन्स लाइफको अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल)को नाफामा सामान्य सुधार भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीले ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत वर्षको सोही अवधिको तुलनामा ७.२८ प्रतिशतले मात्र बढी हो । गत वर्ष कम्पनीले ६ रकोड १३ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । सोमबार कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

यस आवमा कुल ४ अर्ब ९० करोड ४ लाख २९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष ८३ करोड ३३ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको थियो । गत वर्षको तुलनमा यस वर्ष कम्पनीको कुल बीमा शुल्क आर्जन १२८.४६ प्रतिशतले बढी हो ।

यस आवमा कुल जारी बीमालेखको संख्या १२ हजार १२० रहेको कम्पनीको कुल दावी भुक्तानी रकम २३ करोड ६४ लाख ८८ हजार रुपैयाँ रहेको छ । यस वर्ष कुल दावी भुक्तानी संख्या १४२ छ ।

तेस्रो त्रैमाससम्म २ अर्ब १० करोड रुपैयाँ छ । जगेडा तथा कोषमा २० करोड ५७ लाख १४ रुपैयाँ, जीवन बीमा कोषमा २ अर्ब २६ करोड ४४ लाख ७९ हजार रुपैयाँ र महाबिपत्ती कोष जगेडामा २ करोड २८ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसा, प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८८ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २० सोमवार १२:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...