उतार चढावकाबीच सेयर बजारमा झिनो आशा, एनसीसी बैंकको धेरै रकमको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले बढेको छ । मंगलबार बजार १.९४ अंकले बढेको छ । बजार परिसुचक २६५४.६९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको भएकोमा आज भने ६ अर्ब ५ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त व्यपार समूह, जलविद्युत फाइक्रोफाइनान्स, म्युचुअल फण्ड, लगानी समूह बढेका छन् भने अन्य घटेको । आज बैंकिङ ७.६४ अंक, होटेल तथा पर्यटन, डेभलपमेन्ट बैंक ११.२४ अंक, फाइनान्स ३.०८, निर्जीबन बीमा ३६.६१,जीबन बीमा ६४.२३ र अन्य २०.११ अंकले घटेको छ ।

मंगलवार एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त दिन बैंकको २३ करोड ९ लाख ६४ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको २१ करोड ८३ लाख ९२ हजार ८०९ रुपैयाँको खरिदिबिक्री भएको छ ।

 

२०७८ वैशाख २१ गते १५:०४ मा प्रकाशित

You can share this post!

नेप्सेमा ३ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा ३ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत

Related posts