सीईडीबी हाइड्रोपावरको आईपीओमा साढे २ अर्ब बढीको आवेदन, तपाईको भागका कति ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको आईपीओमा १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका छन् । मंगलबारसम्म २ अर्ब ६३ करोड ४५ लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता आवेदन परेको छ ।

कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल आईपीओमा ५० हजार ३६५ कित्ता कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियाे ।  २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेकाे थियाे ।

कम्पनीले निष्कासन गर्ने आइपीओलाई केयररेटिङ नेपालले केयर एनपी डबल वि आइएस रेटिङ प्रदान गरेको छ ।

२०७८ वैशाख २१ गते १७:११ मा प्रकाशित

You can share this post!

उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म हुने, पसल खोल्ने समय परिवर्तन, बैंकका कर्मचारीको संख्या घटाउने

कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोका-कोलाले सरकारलाइ २ करोड ४ लाख सहयोग गर्ने

Related posts