अनलाइनबाट कर तिर्न नसकेको भन्दै म्याद थप्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले अनलाइनबाट कर तिर्न नसकेको भन्दै कर तिर्ने समय बढाउन माग गरेको छ ।

चेम्बरले आवश्यक कागजातहरू कार्यालयमै रहने भएकोले कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट सम्भव नभएकोले आवश्यक म्याद थप गर्न सरकार लाई आग्रह गरेको छ ।

विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्र रुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी रहेको छ ।

उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको नरहेको चेम्बरको भनाइ छ ।

२०७८ वैशाख २१ गते १७:४१ मा प्रकाशित

You can share this post!

कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोका-कोलाले सरकारलाइ २ करोड ४ लाख सहयोग गर्ने

परिसंघको सरकारसँग माग : निषेधाज्ञाको समयमा कर दाखिला गर्ने र विवरण बुझाउन थप समय चाहिन्छ

Related posts