सहकारी संस्थाहरुले बिहान ७ देखि १० बजेसम्म मात्र कार्यालय खोली सेवा प्रवाह गर्नुपर्ने

काठमाडौं । भक्तपुर नगपालिकाले सहकारी संस्थाहरुलाई स्वास्थ्य मापदण्ड पालन गरि सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट घोषणा गरेको निषेधाज्ञा अवधिभर सहकारीहरुले आफ्ना सदस्यहरुलाई बिहान ७ बजेदेखि १० बजेसम्म मात्र कार्यालय खोली सेवा प्रवाह संचालन गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

एक सूचना निकाल्दै नगर कार्यपालिकाको कार्यालयले सेवा प्रवाह गर्दा सुरक्षाका विधि, उपाय तथा सामाजिक दूरी कायम गर्न, संस्थामा सेनिटाइजर, मास्क, थर्मलगनको प्रयोग गर्ने व्यवस्थाका लागि अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथा तथा नियन्त्रणका लागि सरकार र प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशको पूर्ण पालनमा गराई नगरपालिका क्षेत्रत्रिका सहकारी संस्थाहरुले आफू र सदस्यहरुलाई पर्न सक्ने आर्थिक तथा सामाजिक संकटबाट बचाउका लागि यस्तो व्यवस्था गरेको हो ।

नगरपाकिाले सहकारी संस्थाबाट संचालन हुने बैठक, तालिम र गोष्ठीजस्ता कार्याक्रम विद्युतीय माध्यमबाट संचालन गर्न भनेको छ ।

हेनुहोस्, सूचना

२०७८ वैशाख २२ गते १४:४८ मा प्रकाशित

You can share this post!

साना किसान लघुवित्तले कमायो ४५ करोड ५३ लाख नाफा, यस्ता छन् अन्य सूचकहरु

साना किसान लघुवित्तले कमायो ४५ करोड ५३ लाख नाफा, यस्ता छन् अन्य सूचकहरु

Related posts