घोडीघोडा लघुवित्त प्रतिसेयर आम्दानी ऋणात्मक, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवस्था सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको चैतसमान्तसम्ममा ३६ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिको तुलनमा कम्पनीको नाफा ७०.४४ प्रतिशतले बढेको हो । गत वर्षको चैतमसान्तसम्म २१ लाख ५२ हजार रुपैयाँ नाफ कमाएको थियो ।

कम्पनीको खराज कर्जा पनि बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.४३ प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा बढेर ६.६८ प्रतिशत पुगेको छ । यस्तै, गत वर्ष ९६ लाख ४८ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष भने ७८ लाख ८६ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ७२ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ २८ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ ७० पैसा रहेको छ ।

२०७८ वैशाख २२ गते १६:४४ मा प्रकाशित

You can share this post!

कोरोनाले पर्यटन, उत्पादन मुलक लगायत क्षेत्रमा गम्भिर असर पुग्योः अर्थमन्त्री पौडेल

कोरोनाले पर्यटन, उत्पादन मुलक लगायत क्षेत्रमा गम्भिर असर पुग्योः अर्थमन्त्री पौडेल

Related posts