काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले परीक्षा आवेदन फाराम आवेदन बुझाउने सम्वन्धी अत्यन्त जरुरी सूचना निकालेको छ ।
डीनको कार्यालयले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषय चौथो शत्र–२०७५ समूह र आठौँ शत्र– २०७३ समूहको परीक्षा आवेदन फाराम बुझाउने समय थप गरेको जनाएको छ ।
यसअघि आवेदन फाराम बुझाउने मिति बैशाख २६ गतेसम्म रहेको थियो । कोरोना महामारीका कारण काठमाडौं उपत्यकाका लगायत विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी भएकाले अर्को सूचना प्रकाशित भए बमोजिम हुनेगरि उक्त शत्रका परीक्षा आवेदन फाराम बुझाउने समय थप गरेको हो ।
विस्तृतका लागि हेर्नुहोस् सूचना:
वि.सं.२०७८ वैशाख २३ बिहीवार २०:३४ मा प्रकाशित