back
NMB ad

ग्रामीण विकास लघुवित्तको नाफा ४५७% ले वृद्धि : खराब कर्जा पनि घटायो, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनी सार्वजनिक गरेको विवरण अनुसार २८ करोड ५८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ४५७.२२ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड १२ लाख ९३ हजार नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापूँजी ९८ करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषहरुमा ७४ करोड ९३ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब २० करोड २६ लाख ४९ हजार रुपैयाँ सापटि लिएको छ । कम्पनीले ३ अर्ब ९३ करोड ६९ लाख निक्षप संकलन गरेर १२ अर्ब ५४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

यस्तै, कम्पनीले निष्क्रिय कर्जा पनि घटाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको ७ दशमलव ८१ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा ३ दशमलव २८ मा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ७९ पैसा, मूल्य आम्दानी अनुपात ३१ दशमलव १४ गुणा, तरलता अनुपात ६ दशमलव ५८ प्रतिशत र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ २७ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २४ शुक्रवार १४:०० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...