सिवाईसी नेपालले कमायो ४ करोड ७७ लाख नाफा, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७७ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा १४६.८० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १ करोड ९३ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडामा ८ करोड ९१ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा खराब कर्जा पनि घटाएको छ । गत वर्षको सोही अवधिमा ४.९७ प्रतिशत रहेकोमा यो त्रैमासमा ४.६७ प्रतिशत रहेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्ममा ३ करोड २३ लाख ८२ हजार रुपैयाँ खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको ब्याजदर भने निक्षेपमा वार्षिक २ देखि १२ प्रतिशतसम्म र कर्जामा वार्षिक १३ देखि १५ प्रतिशतसम्म रहेको छ ।

२०७८ वैशाख २६ गते १७:०० मा प्रकाशित

You can share this post!

१० प्रतिशतले घट्यो महिला लघुवित्तको सेयर मूल्य, आज कति कित्ता बिक्यो ?

१० प्रतिशतले घट्यो महिला लघुवित्तको सेयर मूल्य, आज कति कित्ता बिक्यो ?

Related posts