back
NMB ad

जलविद्युत कम्पनीको नाफामा देखिन थाल्यो चमक, विद्युत बिक्री आम्दानी पनि बढ्दै

Kumari bank ad

बिक्रम सुनार,

काठमाडौं । सञ्चालनमा रहेका विभिन्न ११ वटा जलविद्युत कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेका छन् ।

चालु आवको तेस्रो त्रैमाससम्ममा आईपुग्दा ११ कम्पनीले ३१ करोड ४६ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका छन् । गत वर्षको सोही अवधिमा कम्पनीहरुले २५ करोड ३८ लाख ५६ हजार रुपैयाँ नाफा रहेको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा यी ११ कम्पनीहरुले विद्युत बिक्रीबाट १ अर्ब ३२ करोड १५ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेका छन् । गत वर्षको सोही अवधिमा १ अर्ब १३ करोड ९९ लाख १७ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका थिए ।

चालु आवको नौ महिनामा आईपुग्दा धेरै नाफा अरुण काबेलीले ३४८.१५ प्रतिशतले बढाएको छ । कम्पनीको नाफा २० करोड ३२ लाख ९३ हजार रुपैयाँ रहेको छ । यो अवधिमा ३ वटा जलविद्युत कम्पनी नोक्सानमा रहेका छन भने ५ वटाको नाफा घटेको छ ।

दिव्यश्वरी हाइड्रोपावर, आँखुखोला हाईड्रोपावर र घलेम्दी हाईड्रो कम्पनी नोक्सानमा रहेका छन् । अर्थात यी कम्पनीको नाफा ऋणात्मक देखिएको छ ।

यस्तै रिडी हाईड्रोपावर, ङादी ग्रुप, बरुण हाइड्रोपावर, पाँचथर पावर माउन्टेन इनर्जी नेपालको नाफा घटेको छ । यति हुँदा पनि गत आवको तेस्रो त्रैमासको तुलनामा जलविद्युत कम्पनीको नाफा रकम भने बढि नै रहेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड १६ लाख ६० हजार रुपैयाँ नोक्सानीमा रहेको दिव्याश्वरी हाइड्रोपावर यो वर्ष पनि १ करोड ८० लाख ७३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीको चालु आवको तेस्रो त्रैमासमा विद्यत विक्री आम्दानी पनि घटेको छ । गत वर्षको सोही अवधिमा ५ करोड ७५ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चैतमसान्तसम्म ५ करोड २८ लाख ४२ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ ।

यस्तै, चाल आवको तेस्रो त्रैमासमा आँखुखोला हाइड्रोपावर कम्पनी २ करोड ७७ लाख ७७ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनी ५८ लाख २ हजार नोक्सानीमा रहेको थियो । गत वर्षको तेस्रो त्रैमासमा १६ करोड ४१ लाख ५१ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष १४ करोड ७८ लाख ७७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

त्यसैगरि चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट १ करोड ७१ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको घलेम्दी हाइड्रो कम्पनी २ करोड ४५ लाख ७० हजार नोक्सानीमा देखिएको छ । कम्पनी गत वर्षको सोही अवधिमा पनि ९९ लाख ८५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चालु आवको तेस्रो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेका ११ कम्पनीमध्ये अरुण कावेली पावरले सबैभन्दा धेरै नाफा कमाएको छ । कम्पनीले चैतमसान्तसम्म २० करोड ३२ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३४८ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत वर्ष ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो । तेस्रो त्रैमासमा विद्युत बिक्रीबाट कम्पनीले ५१ करोड ६९ लाख ३५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, चालु आवको तेस्रो त्रैमासमा युनियन हाइड्रोपावरले ८९ लाख ६७ हजार रुपैयाँ, माउन्टेन इनर्जीले ४ करोड ९९ लाख ९६ हजार, पाँचथर पावरले २ करोड ९५ लाख ४६ हजार, बरुण हाइड्रोपावरले ५२ लाख ७२ हजार, रैराङ हाइड्रोपावर ३ करोड ८५ लाख २१ हजार, ङादी ग्रुप पावरले २ करोड ८० लाख ९५ हजार र रिदी हाइड्रोपवारले २ करोड १४ लाख २४ हजार रुपैयाँ नाफा कमाएका छन् ।

हेर्नुहोस् कुनको कति ?

वि.सं.२०७८ वैशाख २६ आइतवार १८:३३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...