९६ प्रतिशतले बढ्यो डिप्रोक्स लघुवित्तको नाफा : खराब कर्जा पनि घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा ५१ करोड ८१ लाख ५५ हजार नाफा कमाएको छ ।

जुन गत वर्षको तेस्रो त्रैमासको सोही अवधिको तुलनामा ९६ प्रतिशतले बढी हो ।कम्पनीले गत आवको तेस्रो त्रैमासमा २६ करोड ४२ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ पुगेको छ । जगेडामा १ अर्ब १३ करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीले खराव कर्जा पनि घटाएको छ । गत आवको तेस्रो त्रैमासमा २.५८ प्रतिशतले रहेको खराव कर्जा घटाएर यस त्रैमासमा ०.५३ प्रतिशतमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९५ पैसा, प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २१ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३० दशमलव ८९ गुणा, तरलता अनुपात ६ दशमलव १७ प्रतिशत रहेको छ ।

२०७८ वैशाख २७ गते १४:५२ मा प्रकाशित

You can share this post!

वर्षमा १० किलोमिटर सडक नबनेको देशमा दैनिक ६ किमी बनाएको छु, म हुँदा हुँदै कसलाई मत दिनुहुन्छ ? प्रम ओली

वर्षमा १० किलोमिटर सडक नबनेको देशमा दैनिक ६ किमी बनाएको छु, म हुँदा हुँदै कसलाई मत दिनुहुन्छ ? प्रम ओली

Related posts