back
NMB ad

नोक्सान घटाउँदै अपर तामाकोशी, अन्य सूचकमा के छ सुधार ?

Kumari bank ad

काठमाडौं । विद्युत उत्पादन सुरु नगरेको अपर तामाकोशीको नोक्सानी विस्तारै घटन थालेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ४४ लाख ९६ हजार ४१८ रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको नोक्सान चालु आवको सोही अवधिमा आईपुग्दा घटेर ३ करोड ५० लाख २८ हजार ६७६ रुपैयाँ रहेको छ ।

कम्पनीले विद्युत उत्पादन नगरेको कारण अहिलेसम्म कुनै पनि आम्दानीको स्रोत छैन । तर अन्य स्रोतमार्फत १ लाख ३० हजार ९ रुपैयाँ आम्दानी गरेको रिपोर्टमा उल्लेख छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने ८२ करोड ५६ लाख २२ हजार २५८ रुपैयाँ रिटेन्ड अर्निङ ऋणात्मक रहेको छ ।

कम्पनीको दिर्घकालिन ऋणको आकार बढिरहेको छ । गत आवको तेस्रो त्रैमासमा ३४ अर्ब १० करोड रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ४० अर्ब ५८ करोड ३० लाख ९८ हजार रुपैयाँ दीर्घकालीन ऋण रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३३ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १०:०४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...