बहराइनको राजपरिवारका सदस्यले चुमे सगरमाथाको चुचुरो, नयाँ उचाइपछि बन्यो पहिलो अन्तर्राष्ट्रिय टोली

काठमाडौं । बहराइनको राजपरिवारका सदस्य सहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सगरमाथाको नयाँ उचाइ मापनपछि सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय समूह रहेको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार उक्त समूहले आज बिहान साढे ५ देखि ६ बजेर ४५ मिनेटको बीचमा सगरमाथाको सफल आरोहण गरेको हो ।

बहराइनका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १२ जनाको टोली सगरमाथा आरोहण गरेको आचार्यको भनाइ छ । उक्त समूहमा १६ जना रहेका थिए । सगरमाथा आरोहणका लागि उक्त समूह मार्च १५ मा नेपाल आएको विभागको भनाइ छ ।

२०७८ वैशाख २८ गते १०:२६ मा प्रकाशित

You can share this post!

नोक्सान घटाउँदै अपर तामाकोशी, अन्य सूचकमा के छ सुधार ?

नोक्सान घटाउँदै अपर तामाकोशी, अन्य सूचकमा के छ सुधार ?

Related posts