आधा घट्यो बुटवल पावरको नाफा, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । बुटवल पावर कम्पनीको नाफा आधाले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा ४८.८० प्रतिशतले घटेको छ ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो । गत वर्षको सोही अवधिमा ८९ करोड ५९ लाख १ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको तेस्रो त्रैमासम्ममा ४५ करोड ८६ लाख ५३ हजार रुपैयाँ मात्र कमाएको छ ।

कम्पनीले विद्युत बिक्री आम्दानी वित्तीय विवरणमा उल्लेख गरेको छैन । कम्पनीको चुक्तपूँजी २ अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष रकम ३ अर्ब ९९ करोड ९१ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५४ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५० पैसा रहेको छ ।

२०७८ वैशाख २८ गते १३:३० मा प्रकाशित

You can share this post!

नगरस्तरीय आइसोलेशन सेन्टर सञ्चालन गर्दै चन्द्रागिरी नगरपालिका

नगरस्तरीय आइसोलेशन सेन्टर सञ्चालन गर्दै चन्द्रागिरी नगरपालिका

Related posts