बन्दभयो कालिमाटी तरकारी बजार

काठमाडौं । दोस्रो लहरको कोरोना महामारी दैनिक रुपमा बढेसँगै उपत्यकाकै ठूला तरकारी तथा फलफूल बजार कालिमाटी तरकारी बजार बन्द भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले मंगलबार सूचना जारी गर्दै आजदेखि बजार बन्द हुने जानकारी गराएको छ ।

बजारले सार्वजनिक गरेको सूचना अनुसार आजदेखि कृषक बजार र ३० गतेदेखि खुद्रा बजार र २९ गतेबाट थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार बन्द हुने भएको छ ।

थोक बजारमा प्याकेजिङ गरेर मात्रै बिक्री गर्ने पाइने छ । एक वटा थोक बजारमा बढीमा २ जना मात्रै बस्ने र उनीहरुले व्यक्तिगत दूरी कायम गर्नुपर्ने छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

बजारमा अब मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ । ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्डरहोल्डिङ यार्डमा अक्सन कारोबार गर्न सक्नेछन् ।

२०७८ वैशाख २८ गते १५:११ मा प्रकाशित

You can share this post!

दुई साता थपियो निषेधाज्ञा, अब झनै कडा हुने

२७.४७ अंकले बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार हुँदा नेपाल पुनर्बीमाको सर्वाधिक

Related posts