नर्भिक अस्पतालले भन्योः अक्सिजनको चरम अभाव भयो, यस्तै भए अकल्पनीय घटना घटन सक्छ

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले पछिल्लो समय अस्पतालमा अक्सिजनको चरम अभाव रहेको जानकारी गराएको छ ।

कोभिडको संक्रमण बढेसँगै अक्सिजनको चरम अभाज भएको भन्दै राज्यको अनुदार नीतिले झन समस्यालाई बल्झाएको जनाएको छ ।
सरकारले तोकिएको कोटा अनुसार अक्सिजन समेत उपलब्ध नगराएको र अवस्था यसै गरी अघि बढ्ने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भएसम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन नदिने तर स्थिति काबु भन्दा बाहिर नजाओस भनि प्रयत्नशील रहेको जनाएको छ ।

‘यो समय बाँच्ने र बचाउने समय हो’ जारी विज्ञप्तिमा भनिएको छ ‘हामी नेपाल सरकारका सम्बद्ध निकायहरूका साथै सबै पक्षलाई संवेदनशील भएर कोभिडविरुद्धको लडाईमा अत्यन्त सुझबुझ र विवेकशील भै आ–आफ्नो दायित्व निर्वाह गरिदिनुहुन आह्वान गर्दछौं ।’

२०७८ वैशाख २९ गते १३:५२ मा प्रकाशित

You can share this post!

शिवम् सिमेन्टकाे नाफा २६.५२ प्रतिशतले बढ्यो

शिवम् सिमेन्टकाे नाफा २६.५२ प्रतिशतले बढ्यो

Related posts