ग्रान्डी अस्पतालले भन्योः नयाँ बिरामी भर्ना गर्दैनौं

काठमाडौं । ग्रान्डी अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जानकारी गराएको छ ।

अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना नलिन र अक्सिजनको मात्रा आवश्यकता अनुसार प्राप्त भएसँगै थप बिरामीहरुको भर्ना गर्ने जानकारी गराएको छ ।

अस्पतालले सरकारको नियम अनुसार दैनिक १०० सिलिन्डर मात्र अक्सिजन प्राप्त हुने भएको कारण चाहे अनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ भएको जनाएको छ ।

२०७८ वैशाख २९ गते १४:१९ मा प्रकाशित

You can share this post!

नर्भिक अस्पतालले भन्योः अक्सिजनको चरम अभाव भयो, यस्तै भए अकल्पनीय घटना घटन सक्छ

इसेवासँगको सहकार्यमा रिचार्जरमा ९९९ मा पल्स अक्सिमिटर, कोभिडका सामान निशुल्क डेलिभरी

Related posts