शोधनान्तर बचत बढ्दै, प्रत्यक्ष वैदेशिक लगानी २५ % ले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु खाता २ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ७७ करोडले घाटामा रहेको छ ।

नौ महिनको अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ८६ करोड पुगेको छ । यो अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी २५ प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रहेको थियो । यो अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।

२०७८ वैशाख २९ गते १६:०० मा प्रकाशित

You can share this post!

नेपाल पुनर्बीमामा झुम्मिए लगानीकर्ता, यी हुन् आज धेरै सेयर कारोबार गर्ने कम्पनीहरु

नेपाल पुनर्बीमामा झुम्मिए लगानीकर्ता, यी हुन् आज धेरै सेयर कारोबार गर्ने कम्पनीहरु

Related posts