सिडियो कार्यालयको अस्पताललाई निर्देशनः अक्सिजनको अभाव देखाएर जनतामा त्रास फैलाउन बन्द गर्नु 

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले अस्पतालाहरुलाई अक्सिजनको अभाव भन्दै जनतामा त्रास फैलाउने काम तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

कार्यालयले सूचना जारी गर्दै अक्सिजनको अभावलाई पूर्ति गर्नका लागि सबै पक्षबाट भइरहेको प्रयासलाई नजर अन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य रोक्न निर्देशन दिएको छ ।

कार्यालयले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भई कोरोनाको नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ ।

अहिले विभिन्न अस्पतालले अक्सिजनको अभावको कारण देखाइ बिरामीहरुलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भनाई भइसकेका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सूचना जारी गरेको प्रति पनि कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

२०७८ वैशाख ३० गते ०८:२५ मा प्रकाशित

You can share this post!

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच भोली मर्जरका लागि सम्झौता हुने

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच भोली मर्जरका लागि सम्झौता हुने

Related posts