back
NMB ad

उद्योग वाणिज्य महासंघले आजदेखि आइशोलेसन सेन्टर संचालनमा ल्याउने

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आजबाट ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइशोलेसन सेन्टर संचालनमा ल्याइने भएको छ ।

महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग तथा सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा उक्त सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।

आइशोलेसन सेन्टरमा सुरुमा २६ बेड रहने छन् । आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना रहेको बताइएको छ । कोरोना संक्रमणका कारण आइशोलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरूलाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याउन लागिएको हो ।

निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउ“मा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्य महासंघको रहेको छ ।

आइशोलेसनका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले आइशोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको प्रवन्ध गर्नेछ । स्थानीय तहमा संक्रमितहरूसग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्ने छ ।

आइशोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउसोको खाजाको प्रवन्ध गरिने छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलव्ध गराइने छ ।

आइशोलेसनमा रहंदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गर्ने भएको छ भने सम्पूर्ण व्यवस्थापन बिरामी आफैले गर्नुपर्नेछ । व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाका अनुसार कतिपय संक्रमितहरू संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गहरूलाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न महासंघले आइशोलेसन सेन्टर संचालनमा ल्याएको हो । अध्यक्ष गोल्छाले यस्ता आइशोलेसन सेन्टरको संचालनबाट कोरोना संक्रमण नियन्त्रणमा समेत सघाउ पुग्ने बताउनु भयो ।

आइशोलेसन सेन्टर स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरीरहनु भएका महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले विभिन्न संघ संस्थाहरूको सहयोग र समन्वयमा यस्ता सेन्टरहरू अन्य ठाउ“मा पनि विस्तार गर्दै जाने योजना रहेको बताउनु भयो ।
‘सामूहिक आइशोलेसन भएको कारण जेष्ठ नागरिक, दीर्घ रोगीहरू लगायत १५ वर्षमुनिका बालबालिकालाई पनि यस केन्द्रमा हाललाई सेवा दिन असमर्थ छौ’ उहाले भन्नुभयो ‘तर निकट भविष्यमा केहि थप व्यवस्था गर्दै जाने छौं ।’

वि.सं.२०७८ वैशाख ३० बिहीवार १०:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...