सहकारी महासंघले भन्योः निषेधाज्ञा अवधिभर घरदैलोमा गएर बचत संकलन नगर्नु

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुलाई निषेधाज्ञा अवधिभर घरदैलोमा गई बचत संकलन गर्ने कार्य हाललाई पूूर्ण रुपमा स्थगन गर्न सबै सहकारी संस्थाहरुलाई अपिल गरेको छ ।

महासंघ, सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) लगायतका सहकारी संघहरुको सहमतिमा नै यस्तो अपिल गरेको जनाएको छ ।

उक्त अपिलमा महामारीको समयमा प्रत्यक्ष रुपमा कार्यालय मार्फत गरिने सेवा प्रवाहलाई स्थगन गरि प्रविधिको माध्यमबाट वैकल्पिक रुपमा आत्यावश्यक वित्तीय सेवा प्रवाह गर्न भनेको छ ।

यस्तै सदस्यहरुलाई स्वास्थ्य सचेतना अभिवृद्धि गर्न, सदस्यलाई नियमीत सम्पर्क गरी स्वास्थ्य समस्या बारेमा जानकारी लिन, खाध्यान्न, तरकारी, दुध लगायतका गैह्र वित्तीय सेवा प्रवाह गर्ने सहकारी संघ-संस्थाहरुले भौतिक दुरी तथा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सुरक्षित रुपमा बस्तु तथा सेवा प्रवाह गर्न अपिल गरेको छ ।

 

२०७८ वैशाख ३० गते १२:४५ मा प्रकाशित

You can share this post!

हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उछाल, ९% ले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उछाल, ९% ले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

Related posts