बोर्डको ६ बुँदे निर्देशनः लगानीकर्तालाई सेयर बेचेको पैसा तत्काल उपलब्ध गराउनु

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मर्चेण्ट बैंकर र सम्बद्ध पक्षलाई विभिन्न ६ बुँदे निर्देशन दिएको छ ।

बोर्डले निर्देशन दिँदै स-साना लगानीकर्ताहरुलाई दैनिक घरखर्च वा औषधी उपचारको लागि सेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न निर्देशन दिएको छ ।

यस्तै सिस्टम सपोर्ट र सूचना प्रविधि सम्बन्धी कार्य घरबाटै गर्न र सिस्टम चलाउनको लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन निर्देशन दिएको छ ।

लगानीकर्ताको गुनासा तथा समस्या समाधानको लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा गराउने व्यवस्था र थप मोबाइल नम्बरहरु उपलब्ध गराउन निर्देशन दिएको छ ।

साथै सरकारले जारी गरेको आदेश अनुसारका स्वास्थ्य मापदण्डहरु तथा व्यवस्थाहरु पूर्ण पालना गर्न समेत निर्देशन दिएको छ ।

२०७८ वैशाख ३० गते १४:३२ मा प्रकाशित

You can share this post!

निषेधाज्ञामा टेलिकमको अफर : सस्तो मूल्यमा अनलिमिटेड डाटा प्याकसहित रिचार्जमा बोनस

३० प्रतिशतले बढ्यो सन नेपाल लाइफको नाफा, कस्तो छ वित्तीय अवस्था ?

Related posts