३० प्रतिशतले बढ्यो सन नेपाल लाइफको नाफा, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो तैमासम्म ९ करोड ५५ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले बिहीवार सार्वजनिक गरेको त्रैमासिक वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीको नाफा गत वर्षको सोही अवधिका तुलनमा ३०.२८ प्रतिशतले बढेको हो । गत वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ३३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले यस त्रैमासम्ममा १ अर्ब ६२ करोड ६९ लाख ७३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको बीमाशुल्क आर्जन गत वर्षको तेस्रो त्रैमासको तुलनामा ९५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ४२ लाख ८६ हजार रुपैयाँ शुल्क आर्जन गरेको थियो ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । जगेडा तथा कोषमा ३३ करोड २२ लाख ८५ हजार रुपैयाँ, जीवन बीमा कोषमा २ अर्ब १८ करोड ३१ लाख ५३ हजार रुपैयाँ र महाविपत्ती जगेडा ३ करोड ६९ लाख २१ हजार रुपैयाँ रहेको छ ।

२०७८ वैशाख ३० गते १५:०२ मा प्रकाशित

You can share this post!

बोर्डको ६ बुँदे निर्देशनः लगानीकर्तालाई घरखर्च दिनेदेखी सेयर बेचेको पैसा तत्काल उपलब्ध गराउनेसम्म

बोर्डको ६ बुँदे निर्देशनः लगानीकर्तालाई घरखर्च दिनेदेखी सेयर बेचेको पैसा तत्काल उपलब्ध गराउनेसम्म

Related posts