सेयर बजारमा १० अंकको सुधार : कारोबार रकम पनि बढ्यो, पुनर्बीमा कम्पनीको सर्वाधिक

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सुधार देखिएको छ । आज बजार १०.३ अंकले बढेको छ । बजार परिसुचक २६८४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीवार बजारसंगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन अर्थात बुधवार ५ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन व्यपापार समूह, होटेल तथा पर्यटन, उत्पादक तथा प्रसोधन समूह र लगानी समूह घटेको छ ।

बिहीवार बैंकिङ समूह ३.२८ अंक, डेभलपमेन्ट बैंक ७१.१९, जलविद्युत ३७.१२, फाइनान्स ६०.२४, निर्जीवन बीमा ५.५२, माइक्रोफाइनान्स ५.३९, जीवन बीमा ८५.१२, म्युचुअल फण्ड ०.०९ र अन्य १३.२१ अंकले बढेको छ ।

साताको अन्तिम कारोबार दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज उक्त कम्पनीको ४९ करोड ४ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

२०७८ वैशाख ३० गते १५:१६ मा प्रकाशित

You can share this post!

३० प्रतिशतले बढ्यो सन नेपाल लाइफको नाफा, कस्तो छ वित्तीय अवस्था ?

३० प्रतिशतले बढ्यो सन नेपाल लाइफको नाफा, कस्तो छ वित्तीय अवस्था ?

Related posts