काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।
उक्त दिन कम्पनी ४९ करोड ४ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । आज कम्पनीको कुल ३ लाख १० हजार ६१० कित्ता सेयर खरिदबिक्री भएको हो ।
बिहीवार १० अंकले बजार वृद्धि भएको छ । उक्त दिन ७ अर्ब बढीको सेयर खरिदबिक्री भएको छ ।
अघिल्लो दिन अर्थात बुधवार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको थियो । बधुवार ३५ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २५ हजार ५४६ कित्ता सेयर खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ वैशाख ३० बिहीवार १५:४९ मा प्रकाशित