आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । वैशाखको अन्तिम दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्ला दिन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको सुन आज पनि सोही मूल्यमा कारोबार हुने छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रावर तेजावी सुनको मूल्य ९१ हजार १ रुपैयाँ नै निर्धारण गरिएको छ ।

चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । प्रतितोला ५ रुपैयाँले घटेको हो । आजका लागि १३ सय ३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

२०७८ वैशाख ३१ गते १०:४० मा प्रकाशित

You can share this post!

थोरै पैसा जम्मा गर्न बैंकमा नआउनु, डिजिटल बैंकिङ कारोबार गर्नुः संघ

थोरै पैसा जम्मा गर्न बैंकमा नआउनु, डिजिटल बैंकिङ कारोबार गर्नुः संघ

Related posts