नेपाल सेवा लघुवित्तको नाफामा उल्लेख्य सुधार, खराब कर्जा भने बढ्यो

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६८ लाख ९९ हजार रुपैयाँ नाफा कएको छ ।

कम्पनीले शुक्रावर सार्वजनिक गरेको वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीको नाफा गत वर्षको तेस्रो त्रैमासको तुलनामा उल्लेख्य सुधार देखिएको छ । गत वर्षको तेसो त्रैमासमा कम्पनीले १ लाख ६२ हजार रुपैयाँ मात्र नाफामा कमाएको थियो ।

कम्पनीको चुक्तापूँजी ६ करोड १५ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १ करोड २५ लाख ४३ हजार रुपैयाँ रहेको छ । चालु आवको तेस्रो त्रैमासमा कम्पनीको खराब कर्जा भने बढेको छ ।

गत वर्षको सोही अवधिमा १.७५ प्रतिशतले रहेको खराब कर्जा यस अवधिमा भने बढेर ६.१९ प्रतिशत पुगेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा, मूल्य आम्दानी अनुपात २४.६९, प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३९७ रुपैयाँ ०२ पैसा र तरलता अनुपात ४०.९० प्रतिशत रहेको छ ।

२०७८ वैशाख ३१ गते ११:३९ मा प्रकाशित

You can share this post!

सीइडीबी हाइड्रोपावर आइपीओ बाँडफाँट, ४ जना भाग्यमानीले पाए ११ कित्ता, कसरी थाहा नपाउने नतिजा ?

सीइडीबी हाइड्रोपावर आइपीओ बाँडफाँट, ४ जना भाग्यमानीले पाए ११ कित्ता, कसरी थाहा नपाउने नतिजा ?

Related posts