दुई वाणिज्य बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई बैंकको सेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेले आज देखि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको जानकारी गराएको छ । दुवै बैंकबीच एक आपसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपछि दुवै बैंकको सेयर कारोबार रोक्का भएको छ ।

नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ को विनियम ६ को १ बमोजीम आज वैशाख ३१ गतेदेखी कारोबार रोक्का भएको छ ।

२०७८ वैशाख ३१ गते १२:४२ मा प्रकाशित

You can share this post!

नेपाल सेवा लघुवित्तको नाफामा उल्लेख्य सुधार, खराब कर्जा भने बढ्यो

नेपाल सेवा लघुवित्तको नाफामा उल्लेख्य सुधार, खराब कर्जा भने बढ्यो

Related posts