नवनियुक्त मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः सपथमा लिएका वाक्य, शब्द र अक्षरको पालना गर्दै अघि बढ्नु

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई सपथमा लिएका बाक्य, शब्द र अक्षरको पालना गर्दै अघि बढ्न निर्देशन दिनु भएको छ । शुक्रबार सपथ ग्रहण लगत्तै सम्बोधन गर्दै यस्तो निर्देशन दिनु भएको हो ।

उहाँले शपथ ग्रहण गरेका शब्दको कार्यान्वयनको सकृय प्रयास अघि बढाउन आग्रह गर्नुभएको छ । उहाँले सबै मन्त्रीहरुलाई आफ्नो क्षेत्रमा ज्ञान, बुद्धि, विवेक अनुसार काम गर्नु समेत आग्रह गर्नुभएको छ ।

कोरोना महामारीको बेलामा आफ्नो स्वार्थ अनुसार अघि बढ्न खोज्नेहरुले काम गर्न समस्या पारेको बताउनु भयो । विश्वले नेपाल कसरी कोरोना न्यूनिकरणमा लागिरहेको छ भनेर हेरिरहेको समयमा देश र जनताप्रति चिन्तीत नभइ राजनीतिक स्वार्थमा लाग्न नहुने बताउनुभयो ।

अहिले कोेरोनाको महामारी बढेको भन्दै यस्तो बेला जनतामा भ्रम सृजना गर्न खोजेको आरोप लगाउनुभयो । यतिबेला जन्डिसको बिरामीलाई जस्तो जता पनि पहेँलो देखेको र सबैतीर भ्रष्टाचार भयो भन्दै केही समूहले काम गर्नेलाई हतोत्साहीत बताएको दाबी गर्नुभयो ।

२०७८ वैशाख ३१ गते १६:१९ मा प्रकाशित

You can share this post!

जलविद्युत कम्पनीको वित्तीय अवस्था मिश्रीत, केही कम्पनीको प्रतिसेयर आम्दानी नै ऋणात्मक

जलविद्युत कम्पनीको वित्तीय अवस्था मिश्रीत, केही कम्पनीको प्रतिसेयर आम्दानी नै ऋणात्मक

Related posts