कोरोनालाई सामना गर्ने बजेट ल्याउछौं: अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताउनु भएको छ ।

अर्थ मन्त्रालयमा पदबहाली गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताउनु भएको हो ।

उहाँले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड–१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गर्नु भएको थियो ।

२०७८ वैशाख ३१ गते १८:११ मा प्रकाशित

You can share this post!

कोरोना संक्रमितको शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्ता

कोरोना संक्रमितको शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्ता

Related posts