कोरोनाकै बीचमा सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिद्धार्थ राजमार्ग अन्तर्गत रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान गरिएको छ ।

मन्त्रालयले रुपन्देही र पाल्पाको सीमामा रहेको उक्त सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान गरेको हो । उक्त निर्माण पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

मार्ग दुई लेनमा निर्माण हुने सुरुङमार्गको लम्बाइ ११ सय २७ मिटर रहने छ । सुरुङमार्ग निर्माणका लागि अर्थ मन्त्रालयले गत वर्ष १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरिसकेको छ ।

ठेक्काको लागि जेठको २४ गतेसम्म निवेदन दिन सकिने भौतिक मन्त्रालयले जानकारी गराएको छ ।

२०७८ जेष्ठ ९ गते १०:१८ मा प्रकाशित

You can share this post!

१५ वर्ष अवधिको एनएमबि उर्जा ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?

१५ वर्ष अवधिको एनएमबि उर्जा ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?

Related posts