उदयपुर सिमेन्टले एकै पटक १४ वर्षको साधारणसभा गर्दै, ६ अर्ब पुँजी बढाउने यस्तो छ योजना

काठमाडौ । उदयपुर सिमेन्ट उद्योगले एकै पटक १४ वर्षको साधारणसभा गर्ने भएको छ । सिमेन्टले जेठ ३० गते हुने भएको छ । कोरोनाका कारण भर्चुअल रुपमा साधारणसभा गर्न लागेको सिमेन्टले जानकारी गराएको छ ।

कम्पनीले साधारणसभामा हाल कायम रहेको ४ अर्ब रुपैयाँको पुँजीलाई ६ अर्ब बढाएर १० अर्ब रुपैयाँ पुर्याइउने योजना रहेको छ । उद्योगले अर्थमन्त्रालयलाई बुझाउनुपर्ने साँवा १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ र ब्याज १ अर्ब ६६ करोड ९ लाख २० हजार २०० रुपैयाँसहित ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रुपैयाँलाई सरकारको नाममा कायम राखने गरी पुँजी बढाएर साँवा र ब्याज राफसाफ गरिने प्रस्ताव रहेको छ ।

कम्पनीले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रुपैयाँको साधारण सेयर जारी गरेपछि सो हदसम्म उद्योगको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने योजना रहेको छ । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०६३-०६४ देखि २०७६-०७७ सम्मको महालेखा परीक्षकको कार्यालयबाट नयिुक्त लेखापरीक्षक र निजले पाउने पारिश्रमिक तोकिने भएको छ ।

२०७८ जेष्ठ ९ गते ११:२९ मा प्रकाशित

You can share this post!

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Related posts