जेठ २५ गते नेशनल माइक्रोफाइनान्सको विशेष साधारणसभा, महिला सहयात्रालाई प्राप्ति गर्ने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाका लागि मिति तय गरेको छ ।

आइतबार बसेको संचलाक समितिको बैठकको निर्णय बजोजिम कम्पनीले जेठ २५ गते मंगबारका लागि विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीको आफ्नै केन्द्रिय कार्यालय धादिङमा विहान ११ बजेदखि सुरु हुने सभा कोरोना महामारीको विषम परिस्थितिलाई मध्येनजर गर्दै भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको हो ।

सभामा कम्पनीले महिला सहयात्रा लघुत्तिलाई प्राप्ति गर्ने सम्वन्धी पारित गर्ने मुख्य प्रस्ताव लैजादै छ । सभाले महिला सहयात्राको १ सय कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्नेगरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृती दिने बताइएको छ ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ ।

२०७८ जेष्ठ १० गते १०:४३ मा प्रकाशित

You can share this post!

नेको इन्स्योरेन्सले १६.३२ % लाभांश दिने, बोनस कति ?

नेको इन्स्योरेन्सले १६.३२ % लाभांश दिने, बोनस कति ?

Related posts