आरएमडीसी लघुवित्तको ४ लाख २७ हजार कित्ता सेयर आजदेखि लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । आजदेखि आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा बिक्री खुला हुने भएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य ४७७ रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । बोलपत्र जेठ ३१ गतेसम्म पेश गर्न सक्नेछन् ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

२०७८ जेष्ठ १६ गते ११:०६ मा प्रकाशित

You can share this post!

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Related posts