back
NMB ad

कोरोनाले बढ्यो विद्युतीय कित्लीको माग, २२ करोड बढीको आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अवधिमा २२ करोड बढीको पानी तताउने विद्युतीय कित्ली तथा जग आयात भएको छ । भन्सार विभागको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

१० महिनाको अवधिमा २२ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको पानी तताउने विद्युतीय कित्ली तथा जग आयात भएको छ । उक्त अवधिमा ४ लाख ८३ हजार ३०३ थान कित्ली तथा जग आयत भएको हो ।

कोरोना महामारी फैलिएसंगै । विगतको तुलनामा तातो पानी पिउने चलन बढ्दै गएपछि पानी तताउने कित्ली तथा जगको आयात बढेको विभागले जनाएको छ ।

नेपालमा विश्वका १० मुलुकहरुबाट कित्ली आयात हुने गरेको छ । छिमेकी मुलुक चीन, भारत, पोल्याण्ड, साउदी अरेविया, बेलायत, इजरायल लगायतका देशरुबाट आयात भएको विभागले जनाएको छ ।

बैशाख मसान्तसम्म सबैभन्दा बढी चीनबाट आयात भएको देखिएको छ । उक्त देशबाट १० महिनाको अवधिमा २१ करोड ९९ लाख ३ हजार रुपैयाँ बराबरको ४ लाख ८१ हजार ५७७ थान विद्युतीय पानी तताउने कित्ली तथा जग आयात भएको हो ।

बैशाख मसान्तसम्म भारतबाट १२ लाख ७ हजार रुपैयाँ बराबरको १ हजार ५२५ थान, पोल्याण्डबाट २ लाख ६३ हजार रुपैयाँको १३६ थान, बेलायतबाट १४ लाख ७० हजार रुपैयाँ बराबरको २२ थान आयात भएको छ ।

यस्तै, साउदी अरेबियाबाट ८ हजार रुपैयाँ बराबरको १६ थान, कतारबाट ६ हजारको १८ थान, इजरायलबाट ४ हजार रुपैयाँ बराबरको ७ थान, कोरियाबाट २३ हजार रुपैयाँ बराबरको कित्ली तथा जग आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ जेठ १६ आइतवार ११:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...