जेठ २५ गते नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विशेष साधारसभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो जेठ २५ गते मंगबार केन्द्रीय कार्यालय, धादिङवेसीमा सभा गर्ने भएको छ ।

कम्पनीको जेठ ९ गते आइतबार बसेको संचालनक समितिको ११३औँ बैठकले उक्त दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो । एक सूचना निकाल्दै कम्पनीको सभा भिडियो कन्फरेनस मार्फत हुने जनाएको छ ।

सभामा संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्विजिशन) गर्ने प्रस्ताव पारित गर्ने छ साथै अन्य विशेष प्रस्तावहरु पारित गर्ने छ ।

सभा प्रयोजनका लागि भोलि अर्थात जेठ १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउने छन् ।

२०७८ जेष्ठ १६ गते ११:४८ मा प्रकाशित

You can share this post!

कोरोनाले बढ्यो विद्युतीय कित्लीको माग, २२ करोड बढीको आयात

कोरोनाले बढ्यो विद्युतीय कित्लीको माग, २२ करोड बढीको आयात

Related posts