back
NMB ad

३ अर्ब ४६ करोड बराबरको सिमेन्ट क्लिङ्कर आयात, भारतबाट सबैभन्दा बढी

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा झण्डै साढे तीन अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार बैशाख मसान्तसम्म ३ अर्ब ४६ करोड ३ लाख ८० हजार रुपैयाँ सिमेन्ट क्लिङ्कर आयात भएको हो । क्लिङ्कर छिमेकी दुई मुलुक चीन र भारतबाट आयात हुने गरेको छ ।

चैत महिनाको तुलनामा क्लिङ्कर आयात २.३९ प्रतिशतले बढेको हो । चालु आवको ९ महिना अर्थात चैत मसान्तसम्म ३ अर्ब ३७ करोड ९४ लाख ६४ हजार रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर आयात भएको थियो ।

१० महिनाको अवधिमा उक्त दुई देशबाट ७ लाख २७ हजार टन बढी क्लिङ्कर आयात भएको विभागले जनाएको छ । नेपालमा सबैभन्दा बढी भारतबाट आयात भएको छ । बैशाख मसान्तसम्म उक्त देशबाट मात्रै ३ अर्ब ४५ करोड ५८ लाख ५२ हजार रुपैयाँ बराबरको क्लिङ्कर आयात भएको विभागले जनाएको छ ।

यस्तै, चालु आवको पछिल्लो १० महिनाको अवधिमा चीनबाट २१० टन सिमेन्ट क्लिङ्क आयात भएको छ । उक्त देशबाट ४५ लाख २८ हजार रुपैयाँ बराबरको क्लिङ्कर आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ जेठ १६ आइतवार १३:०९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...