कोटेश्वरको जाम हटाउने तयारीमा सरकार, सुरुङ मार्ग बनाउन करिब २ अर्ब विनियोजन

काठमाडौं । अब कोटेरश्वको जाम कम हुने भएको छ । यात्रुहरुले हरेक दिन कोटेश्वरको सवारी जामबाट सास्ती भोगिरहेका छन् ।

त्यो जाम न्यूनिकरण गर्नको लागि सरकारले सुरुङ मार्ग निर्माण गर्ने भएको छ । शनिबार अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गरेको आगामी आवको बजेटमा काठमाडौं-कोटेश्वरको सवारी चापलाई व्यवस्थित गर्न तिनकुने-जडिबुटी खण्ढमा सुरुङ मार्ग निर्माण गर्न १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै सरकारले आगामी आवमा टोखा-छहरे-गुर्जुभज्याङ, वेत्रावती-स्याफ्रुवेशी, खुर्कोट-चियावारी र थानकोट-चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य सुरु गर्ने सरकारको तयारी रहेको छ ।

२०७८ जेष्ठ १६ गते १३:२७ मा प्रकाशित

You can share this post!

३ अर्ब ४६ करोड बराबरको सिमेन्ट क्लिङ्कर आयात, भारतबाट सबैभन्दा बढी

३ अर्ब ४६ करोड बराबरको सिमेन्ट क्लिङ्कर आयात, भारतबाट सबैभन्दा बढी

Related posts