आगामी आवमा १६२९ मेगावाट विद्युत प्रशारण प्रणालीमा जोडिने

काठमाडौं । आगामी आर्थिक वर्ष भित्रमा प्रशारण प्रणालीमा १ हजार ६२९ मेगावाट विद्युत जोडिने भएको छ ।

शनिबार अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गरेको आगामी आवको बजेट भाषण गर्ने क्रममा यस्तो जानकारी गराउनु भएको हो ।

उहाँका अनुसार आगामी आवमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट २२८ मेगावाट, रसुवागढीबाट १११, सान्जेन र माथिल्लो सान्जेन ५६, त्रिशुली ३ बी बाट ३७, राहुघाट, मध्ये भोटेकोशीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधिन आयोजनाहरुबाट १०५५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा जडान हुने भएको छ ।

लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो युगमा प्रवेश गराउन अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाको निर्माणलाई तिब्रता दिइ सुक्खा याममा समेत विद्युतको आन्तरिक माग धान्न पर्याप्न हुने गरी विद्युत उत्पादन गर्ने सरकारको योजना रहेको छ ।

२०७८ जेष्ठ १६ गते १४:२६ मा प्रकाशित

You can share this post!

कोटेश्वरको जाम हटाउने तयारीमा सरकार, सुरुङ मार्ग बनाउन करिब २ अर्ब विनियोजन

कोटेश्वरको जाम हटाउने तयारीमा सरकार, सुरुङ मार्ग बनाउन करिब २ अर्ब विनियोजन

Related posts