back
NMB ad

सहकारी सहर केन्द्रित भए, सिद्धान्त अनुसार काम गरेनन् : डा. प्रकाश श्रेष्ठ

Kumari bank ad

काठमाडौं । अर्थ मन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले सहकारी संस्थाहरु धेरै ठूला भएको र सहकारीको सिद्धान्त अनुसार काम नगरेको बताउनुभएको छ ।

सहकारी पत्रकार समाजले आयोजना गरेको बजेटमा सहकारी विषयक अन्तकृया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले सिद्धान्तत अनुसार सहकारी समुदाय केन्द्रित, सानो आफै नियमनमा बस्ने खालेका हुने भएपनि त्यसो हुन नसकेको दाबी गर्नुभयो । सहकारी संस्था ठूला हुने र शाखा खोल्न पाउने हो वा होइन भन्ने विषय सोचनिय भएको बताउनुभयो ।

उहाँले सहकारी संस्था सहर केन्द्रित भएको र गरिबी न्यूूनिकरणमा काम गर्न नसकेको दाबी गर्नुभयो । उहाँले सहकारी बैंकले साना सहकारीलाई सहयोग गर्छ की गदैन, ठूला सहकारीलाई रिसोर्स दिन्छ की सानालाई पनि दिन्छ ? भन्दै प्रश्न गर्नुभएको छ ।

सहकारी क्षेत्रलाई बजेटले महत्वपूूर्ण आधार स्तम्भको रुपमा लिएको बताउनुभएको छ । उहाँले सहकारी संस्थाबाट सहुलियतपूर्ण कर्जा दिने भनेपनि सहकारी संस्था छरिएर रहेकोले लक्षित समूहमा नपुुग्ने बताउनुभयो । उहाँले सहकारीबाट जाँदा उद्देश्य अनुसार तलसम्म पुुग्न नसकिने जानकारी गराउनुभयो ।

कार्यक्रममा २९ हजार सहकारी संस्थाले प्रभावकारी रुपमा काम गर्ने हो भने देश समृद्धिमा जान सक्ने सम्भावना रहेको दाबी गर्नुभयो । ‘सबै सहकारी संस्थाले प्रभावकारी रुपमा काम गर्ने हो भने देशलाई कता लैजाने हो भन्न सकिन्छ’ उहाँले भन्नुुभयो ‘तर सहकारी उत्पादनमा लागेनन्, धेरै निष्कृय भए, सहकारी बढी भन्दा बढी उत्पादनमा लाग्न आवश्यक छ ।’

अघिल्लो लकडाउन खुलेपछि पछिल्लो ६, ७ महिनामा आयोत बढी भएको स्मरण गराउँदै सहकारी संस्था उत्पादनमा जान आवश्यक रहेको बताउनुभयो । श्रेष्ठले अहिले दुुग्ध विकास संस्थाले धुुलो दुध बिक्री गर्न नसकेन गुनासो आएको भन्दै त्यस्तो दुधलाई अब चकलेट बनाउन तर्फ लाग्नुपर्ने बताउनुभयो । स्वीजरल्यान्ड चकलेटमा चर्चीत भएको स्मरण गराउँदै नेपालले पनि त्यहाँबाटे केही सिक्न आवश्यक भएको बताउनुभयो ।

वि.सं.२०७८ जेठ १६ आइतवार १८:५२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...