राधी विद्युत कम्पनीले ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । राधी विद्युत कम्पनीले ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आइतबार (जेठ १६ गते) बसेको संचालनक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार नेप्से मार्फत एक सूचना निकाल्दै कम्पनीले १४७.५२ प्रतिशत (१ः४७५२) हकप्रद सेयर बिक्री गरेको जानकारी गराएको छ ।

कम्पनीले प्रस्ताव गरेको ३६.५ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको आधारमा उक्त सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले हकप्रद सेयरको प्रस्ताव पनि आगामी साधारण सभाबाट पारित गर्ने निर्णय भएको जनाएको छ । कारोना महामारीका कारण ढिलाई भएको कम्पनीको १५ औं वार्षिक साधारणसभा यथासिघ्र गर्ने सूचनामा उल्लेख छ ।

२०७८ जेष्ठ १७ गते ११:०७ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो सुनचाँदीको मूल्य, आज तोलाको कति ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, आज तोलाको कति ?

Related posts