आजदेखि मेरो माइक्रोफाइनान्सको ६० हजार कित्ता सेयर लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । आजदेखि (जेठ १७ गते) मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको छ ।

एक सूचना निकाल्दै कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको जनाएको छ ।

न्यूनतम मूल्य ५७२ रुपैयाँ तोकिएको उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने र सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई सेयर बिक्री गरिने सूचनामा उल्लेख छ ।

२०७८ जेष्ठ १७ गते ११:३१ मा प्रकाशित

You can share this post!

राधी विद्युत कम्पनीले ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने

राधी विद्युत कम्पनीले ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने

Related posts