११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्दै एचआईडीसीएल, बुक क्लोज जेठ २८ गते

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल) ले ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले उक्त हकप्रद सेयर निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गर्ने भएको छ । सोमबार एक सूचना निकाल्दै कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि बुक क्लोज गर्ने भएको हो ।

आगामी जेठ २७ गतेसम्म कायम सेयर रधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते अनुमति पाएको थियो ।

२०७८ जेष्ठ १७ गते ११:४६ मा प्रकाशित

You can share this post!

आजदेखि मेरो माइक्रोफाइनान्सको ६० हजार कित्ता सेयर लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

आजदेखि मेरो माइक्रोफाइनान्सको ६० हजार कित्ता सेयर लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

Related posts