काठमाडौं । एनएलजी इन्स्योरेन्सले लगानीकर्तालाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले लगानीकर्तालाई आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव बीमा समितिले स्विकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७८ जेठ १८ मंगलवार १०:१० मा प्रकाशित