अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । अपि पावर कम्पनीको १ः०.२९३८ अनुपातमा हकप्रद सेयर निष्काशन सुरु भएको छ ।

कम्पनीले २९.३८ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ दरले ५६ लाख ७० हजार कित्ता सेयरमा असार ९ गतेसम्म आवेदन दिनु पर्ने छ । वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी तथा मुक्तिनाथ विकास बैंकको पोखरा इटहरी, नारायणगढ, सुर्खेत, नेपालगंज, जनकपुर र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

यस्तै मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । हकप्रद सेयरलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।

२०७८ जेष्ठ २० गते १०:३६ मा प्रकाशित

You can share this post!

छुट्ला है निर्धन उत्थान लघुवित्तको सेयर, आज आवेदन दिने अन्तिम दिन

फेरि महंगियो सुन, आज प्रतितोला कति पुग्यो ?

Related posts