सानिमा लाइफले आइपीओ ल्याउने, बोलायो साधारणसभा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सधारणसेयर (आइपीओ) निष्काशन गर्नको लागि भन्दै जेठ २३ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ ।

कोरोना महामारीका कारण उक्त सभा भर्चुअल माध्यमबाट हुन लागेको हो । सधारणसभाको लागि विशेष प्रस्तावको रुपमा आइपीओ निष्काशन गर्ने रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, उक्त आवको लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव रहेको छ ।

साधारणसभा कम्पनीको प्रधान कार्यालय कमलादीमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ ।

२०७८ जेष्ठ २० गते १२:०२ मा प्रकाशित

You can share this post!

अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

Related posts