काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले सी–सिरिज स्मार्टफोन, नोकिया सी २० को सार्वजनिक गरिएको छ । लाइफ इज टु बि लिभ्ड नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड–११ (गो एडिसन) को बजार मुल्य ११ रुपैयाँ रहेको छ ।
नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउँने कम्पनीको विश्वास छ । यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक रवि कुँवरले यो फोनमा ब्याट्री लाइफ राम्रो रहेको, एक्सेप्सनल डिजाइन रहेको छ ।
५ एम्पीको फ्रन्ट र रियर क्यामेरा रहेको मोबाइलमा अगाडि र पछाडी एलईडी फ्लास रहेको छ । ठूलो ६.५ इन्चको एचडी स्व्रिmन रहेको छ भने ३ हजार एमएएच ब्याट्री रहेको छ ।
एन्ड्रोइड ११ (गो एडिसन)ले एप्लिकेशनहरु खोल्नको लागि, फोटो र भिडियोहरु खोज्न र सेयर गर्नको लागि छिटो र सजिलो बनाउँदछ । दुई वर्षका लागिसुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचर्सहरु रहेका छन् ।
वि.सं.२०७८ जेठ २० बिहीवार १७:५० मा प्रकाशित